नेपालमा कोरोना निको हुने दर ९४ दशमलव ५ प्रतिशत पुग्यो — OSNepal

नेपालमा कोरोना निको हुने दर ९४ दशमलव ५ प्रतिशत पुग्यो

LC (KTM) July 08, 2021 0

काठमाडौँ, २४ असार – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५०४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मुलुकभर पाँच हजार ३७४ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार २१८ जनामा र पाँच हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार २८६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १५ हजार ६१३ पुगेको छ । नेपालमा निको हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २९ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृ त्यु हुनेको सङ्ख्या नौ हजार ३२० पुगेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर