भारतले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी ट्वान्टी विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । साबिक उपविजेता समेत रहेको भारतको यो लगातार दोस्रो जित हो । आज भएको खेलमा वेस्ट इण्डिजलाई ६ विकेटले पराजित गरेर साबिक उपविजेताले विजयी यात्रा जारी राखेको हो ।
वेस्ट इण्डिजले दिएको १ सय १९ रनको लक्ष्य भारतले १८।१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रिचा घोषले ३२ बलमा अविजित ४४ रन बनाउँदा कप्तान हर्मनप्रित कौरले ४२ बलमा ३३ रन बनाईन् । शफाली बर्मा २८ रनमा आउट हुँदा स्मृती मान्धनाले १० रन बनाईन् ।वेस्ट ईण्डिजका लागि करिष्मा रामहाराक्कीले २ तथा हाईली म्याथ्यु र चाईनिलि हेनरीले समान १र१ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रनको योगफल तयार पारेको थियो । वेस्ट इण्डिजका लागि स्टेफानी टेलरले ४० बलमा ४२ तथा शेमानी च्याम्पबेलले ३६ बलमा ३० रन बनाईन् । चिडियन नेशनले १८ बलमा अविजित २१ रन बनाउँदा शबिका गजनबी १५ रनमा आउट भईन् ।
भारतका लागि दिप्ती शर्माले ३ तथा पूजा भास्कर र रेनुका सिंहले समान १र१ विकेट लिईन् । पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारत समूह ुबीु मा २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।