एक किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका २१ वर्षीय दिलिप, घरबाट यस्तो अवस्थामा पक्राउ — OSNepal

एक किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका २१ वर्षीय दिलिप, घरबाट यस्तो अवस्थामा पक्राउ

LC (KTM) July 08, 2021 0

काठमाडौं २४ असार । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ६ बस्ने २१ वर्षीय दिलिप श्रेष्ठ रहेका छन् । सुनसरी इटहरीकी १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा लुकिछिपि बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

निजमाथि जवरजस्ती करणी सम्बन्धि मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर