राप्ती नदीमा डुबेर ३१ वर्षीय प्रसन्नको मृत्यु — OSNepal

राप्ती नदीमा डुबेर ३१ वर्षीय प्रसन्नको मृत्यु

LC (KTM) February 15, 2023 0

चितवन-पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर