ज्वाला सँग्रौलालाई यतिका दिन थुनामा राख्नै पर्ने थियो र ? भन्दै गर्जिए बरिष्ठ लोकगायक रामप्रसाद खनाल — OSNepal

ज्वाला सँग्रौलालाई यतिका दिन थुनामा राख्नै पर्ने थियो र ? भन्दै गर्जिए बरिष्ठ लोकगायक रामप्रसाद खनाल

LC (KTM) July 08, 2021 0

काठमाडौं । आँफुलाई अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र कीर्ते भेटिएपछि अहिले हिरासतमा छन् । प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनुसन्धानका क्रममा संग्रौला दम्पतीको सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेसँगै उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

संग्रौला दम्पतीको साथबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो । त्यसपछि ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको पाइएको जनाइएको छ । उनीहरुबाट किर्ते कागजात भेटएपछि लामो समयसम्म हिरासतमा रहेका उनीहरुको सर्मथनमा आवाज उठ्न थालेको छ ।

बरिष्ठ लोकदोहरी गायक रामप्रसाद खनालले लामो स्टाटस लेख्दै संग्रोलाको सर्मथन गरेका छन् । सामाजिक संजालमा उनले ज्वाला सँग्रौलालाई यतिका दिन थुनामा राख्नै पर्ने थियो र ? भन्ने प्रश्न गर्दै लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

ज्वाला सँग्रौलालाई यतिका दिन थुनामा राख्नै पर्ने थियो र ??

ब्यक्तिगत रुपमा ज्वाला सँग्रौलालाई मैले कहिलै भेटेको, देखेको छैन र चिन्दिन पनि । मेरा मित्रहरु रबी लामिछाने, प्रेम बानियाँ लगायतसँग जोडिएर सामाजिक क्षेत्रमा उनले गरेका केही कामबाट भने म थोरै परिचित छु । उनी न त ज्यानमारा हुन, न त अपहरण, लुटपाट, कुकर्म गरेर राजनीतिमा आएकी नेता वा कार्यकर्ता हुन । उनमा अलिकती कडा स्वभाब, भावाबेश देखिएता पनि उनी पुरै गलत नै हुन भन्ने मलाई लाग्दैन ।

अन्याय, अत्याचार, कुशासन, भ्रस्टाचार र बेथिती देख्दा रगत उम्लिएर आउँछ तर बोल्दा, लेख्दा, काम गर्दा हामी सबैले बिचार भने गर्नै पर्छ । कानुन भन्दा माथि हामी कोही पनि छैनौं र सबैले प्रचलित कानुन नियमका परिधी भित्र रहेर आफ्ना काम, कुरा गर्दा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ ।

जहाँ सम्म खुस्बु र ज्वाला दुबै जनाको कुरा सुन्दा दुबैका लेखाई बोलाई हेर्दा सहज छैनन, अराजक नै लाग्छन तर खुस्बु सत्तारुढ दलको भगिनी संगठन युवा संघको कार्यकर्ता भएकै कारण प्रहरी प्रशासनले उनलाई साथ दिने, ज्वाला स्वतन्त्र भएका कारण गुहार नपाउने भन्ने कुरा अन्यायपूर्ण हुन्छ । नजानेर पनि कमि कमजोरी हुन्छन मान्छेबाट । कसैले पनि कानुन हातमा लिन हुँदैन र यदी त्यस्ता कमी कमजोरी भएका भए त्यसलाई स्विकारे, आत्मालोचना गर्न सके आफैलाइ पनि फाईदा हुन्छ ।

प्रहरी प्रशासनले निस्पक्ष छानबिन गरोस गलत जो छ उसलाई कानुन अनुसार सम्बोधन गरोस तर राजनीतिक आस्था वा स्वतन्त्र भएकै आधारमा कसैलाई काखा र पाखा नगरियोस । कुनै पनि देशमा राज्य लाग्यो भने जो कसैलाई पनि जहाँ पनि सजिलै फसाउन सक्छ तर ढिलो चाँडो सत्य बाहिरिन्छ, त्यसलाई कसैले ढाक्न छोप्न सकिँदैन ।

म त भन्छु यस्तो कुरामा कानुनको हवाला दिँदै सत्तासिनहरुको ईशारामा यतिका दिन सम्म ज्वाला थुनामा पर्नु राम्रो कुरा हुँदै होइन । नियत सफा हुन्छ भने जमानतमा थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिन्छ । यस्तो कुरामा हाम्रो स्वार्थी र राजनीतिक फोहोरमा चुर्लुम्म डुबेको समाज बोल्दैन, जसलाई पर्‍यो पर्‍यो । यो सरासर गलत हो । यस बारेमा अरु पनि बोल, नत्र भोलि तिमीहरुलाई पनि केही पर्‍यो भने तिमीले पनि गुहार पाउने छैनौं, चेतना भया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर