दिल्लीमा उपचार गराइएका वरिष्ठ नेता खनालको उपचार खर्च, परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने — OSNepal

दिल्लीमा उपचार गराइएका वरिष्ठ नेता खनालको उपचार खर्च, परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने

LC (KTM) July 08, 2021 0

दिल्लीमा उपचार गराइएका वरिष्ठ नेता खनालको उपचार खर्च, परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने

काठमाडौँ २४ असार । उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पुर्ण उपचार खर्च सरकारको व्यहोर्ने भएको छ । स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका नेता खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भन्दै आज बिहिबार सरकारका मुख्यसचिव शंकरदास बैरागीले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी गराएका हुन् । यस भन्दा अघि नै प्रधानमन्त्री केपी शर्मा ओललिे समेत नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने बताइसकेका थिए ।

सचिव बैरागीद्धारा सार्वजनिक गरिएको विज्ञप्तीमा “पूर्व प्रधानमन्त्री श्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्ममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने । उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने व्यवस्था गर्ने” उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर