नेपालमा पछिल्लो २४ घण्टामा १२८६ जनाले जिते कोरोना, संक्रिय संक्रमितको संख्या २६ हजार — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा १२८६ जनाले जिते कोरोना, संक्रिय संक्रमितको संख्या २६ हजार

LC (KTM) July 08, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ जनाको पीसीआर परीक्षणबाट १ हजार २१८ र ५ हजार १०३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जना गरी जम्मा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अबधीमा १२८६ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोना निको हुने दर ९४।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर