भरतपुर– नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ त्यु भएको छ । नवलपुरको गैडाकोटबाट भरतपुरको चौबीसकोठीतर्फ आउँदै गरेको ना५ख ५८१६ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना५९प ३४०४ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर पछाडि सवार भरतपुर महानगरपालिका–१५ मङ्गलपुर निवासी ३० वर्षीय विष्णु दवाडीको मृ त्यु भएको छ ।
ट्रकको ठक्करबाट घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृ त्यु भएको हो । स्कुटर चालक सोही ठाउँकी जस्मिन न्यौपाने घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।