सीसीएल क्रिकेटमा यि बलिउडका सेलिब्रेटीहरु मैदानमा देखिदै — OSNepal

सीसीएल क्रिकेटमा यि बलिउडका सेलिब्रेटीहरु मैदानमा देखिदै

LC (KTM) February 14, 2023 0

पछिल्लो केही वर्षयता सेलिब्रेटी क्रिकेट लिग सीसीएल नेपालमा लोकप्रिय बन्दै गएको छ । सिनेमा र क्रिकेटको यो मिश्रणले वर्षैपिच्छे यसका फ्यानहरूको संख्या निरन्तर बढिरहेको छ । जसमा भारतका विभिन्न आठ क्षेत्रमा बनेका फिल्मका स्टार, निर्माता र निर्देशकहरू आ–आफ्नो टोलीका साथ मैदानमा उत्रिएका छन् । सीसीएलको नयाँ सिजन यही महिनाको १८ तारिक बाट सुरु हुँदैछ ।

सिजनमा विभिन्न शहरमा १९ खेल हुनेछन् । यी शहरहरू हुन् रायपुर, बैंगलोर, हैदराबाद, जोधपुर, त्रिवेन्द्रम र जयपुर। यस प्रतियोगिताका लिग खेलहरू रायपुर, बैंगलोर, जोधपुर, त्रिवेन्द्रम र जयपुरमा हुनेछन् भने सेमिफाइनल र फाइनल खेल हैदराबादमा हुनेछन्। यस वर्ष सलमान खान बलिउड टोली मुम्बई हिरोजको ब्रान्ड एम्बेसडर छन् भने रितेश देशमुखले टोलीको कप्तानी गर्नेछन् ।

यसबाहेक चेन्नई राइनोजको कप्तानमा आर्य रहनेछन् । साउथ स्टार वेंकटेश तेलुगु वारियर्सका सह(मालिक हुन् र अखिल यस टोलीका कप्तान हुन्। मनोज तिवारीको टिम भोजपुरी दबंग हो । उहाँ यसको कप्तान पनि हुनुहुन्छ। केरला टोलीका मालिक मोहन लाल र कप्तान कुन्चाको बोपन हुन्। बेङ्गाल टाइगर्सका मालिक बोनी कपूर र कप्तान जिसुसेन गुप्ता छन् ।

कर्नाटक बुलडोजरको कमाण्ड सुदीप किच्चाको हातमा छ भने पञ्जाब दे शेर टोलीको नेतृत्व सोनू सुदले गर्नेछन्। यस क्रिकेट लिगमा १२० भन्दा बढी चलचित्रकर्मी सहभागी हुने अपेक्षा गरिएको छ । साधारणतया बैंगलोर, हैदरावाद र चेन्नईका ठूला स्टेडियमहरूमा विगतका सिजनहरूमा म्याच हाउसहरू भरिपूर्ण देखिएका छन्। यो वर्ष अन्य सहरका स्टेडियमहरू पनि दर्शकले भरिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर