प्रदेश १ मा आज ३०७ कोरोना संक्रमित थपिदा सुनसरीमा मात्रै १२० जनामा संक्रमणको पुष्टि — OSNepal

प्रदेश १ मा आज ३०७ कोरोना संक्रमित थपिदा सुनसरीमा मात्रै १२० जनामा संक्रमणको पुष्टि

LC (KTM) July 08, 2021 0

प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाईमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा ५–५, गौरादहमा ४, हल्दिबारीमा ३, शिवसताक्षीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ५, कटहरीमा २, उर्लाबारी, बुढीगंगा, रतुवामाई र लेटाङमा १–१ जनालाई कोरोना संक्रमण भएको छ ।

धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुली र मांसेबुङमा १–१, खोटाङको खोटेहाङ र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार ५५० पुगेको छ ।

संक्रमित भएका मध्ये ६७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । आज ३०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६४९ रहेको छ । प्रदेश १ मा आज ८६७ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १५५ महिला र १५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर