काठमाडौं, फागुन २ -नेपाली ओपनर कुशल भुर्तेलले करियरको पहिलो एक दिवसीय सतक प्रहार गरेका छन्। कीर्तिपुरमा भुर्तेलले नामिबियाविरुद्ध ओडिआई सतक प्रहार गरेका हुन् ।
उनको यो एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो सतक हो। भुर्तेलले ५८ रनमा जीवनदान पाएका कुशलले ९९ बलमा ९ चौका र ४ छक्कासहित सतक पुरा गरेका हुन्।भुर्तेलले यसअघि ३ अर्धसतक पूरा गरेका छन्।
जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार पार्दासम्म ४१ ओभरमा ५ विकेट गुमाउँदै २ सय २९ रन बनाएको छ। नेपालका लागि कप्तान रोहित पौडलले ७२ रन बनाएर आउट भए।