चाँदीको बालाको लागि जामुन खान जाँम भन्दै दिदिले गरिन् ,तिन वर्षीया भाईको हत्या — OSNepal

चाँदीको बालाको लागि जामुन खान जाँम भन्दै दिदिले गरिन् ,तिन वर्षीया भाईको हत्या

LC (KTM) July 08, 2021 0

काठमाडौँ २४ असार । तिन वर्षिया बालकको हत्या गरेको अभियोगमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षीया किशोरी र उनकी साथी १४ वर्षीया किशोरी रहेकी छन् ।

कैलाली टीकापुर-१, मनुवारोडका साढे ३ वर्षका बालक विवेक विष्टलाई जामुन खान जाम भनेर घरबाट करिब आधा किलोमिटर उत्तरतर्फ रहेको जमरा कुलोमा लगेर उ ति किशोरीले बालकको खुट्टामा लगाएका चाँदीका दुई वटा बाला निकाली धक्का दिएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीको अनुशन्धान अनुसार आफन्त पर्ने दिदिले ती बालकको हत्या गरेको खुल्न आएको छ । बालकको दुई वटा चाँदीका बाला साथिलाई राख्न दिएर साथिको किताब लगेको भन्दै बजारमा बेच्न समेत लगेको प्रहरीले बताएको छ । गत असार २१ गते हराएको बालक २३ गते साँझ घटनास्थलभन्दा पाँच किलोमिटर तल टीकापुर–४ को घोयली उपभोक्ता वनस्थित जमरा कुलो किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।

कैलाली प्रहरीले आज पत्रकार सम्मेलन गर्दै ति दूई किशोरीलाई सार्वजनिक गर्ने भएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर