पोखरा – एक महिना पहिले यति एअरलाइन्सको जहाज दुर्घटनामा परि मृत्यु भएका हेम्जाका एक दम्पतीको आज अन्त्यष्टि गरिएको छ । पोखरा २५ हेमजा निवासी राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको पोखरा महानगरपाकिला २५ हेमजा मिलन चोकबाट शवयात्रा सहित मरानघाटमा सोमबार विहान अन्त्येष्टी गरिएको हो ।
अनिषाको डिएनए गरेर मात्रै शव पहिचान भए पछि अन्त्यष्टिका लागि ढिलाई भएको हो । राजनको भने शव माघ ८ गते काठमाडौंमा पोष्टमार्टबाट पहिचान भएको थियो । माघ १ गते यति एअरलाइन्सको विमानबाट पोखरा आउने क्रममा दुर्घटनामा परि मृत्यु भएको थियो । अमेरिकाबाट पुष ३० गते नेपाल आएका थिए ।
उनलाई लिन श्रीमती अनिषा काठमाण्डौ पुगेकी थिइन् । डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गरेर फेरी अमेरिका गएका थिए ।