देउवालाई गरेको हस्ताक्षर गलत हो,अब संसद् पूनःस्थापना भएपनि वा संसद् विघटन सदर गरिदिएपनि नेकपा एमाले एक हुन्छ — OSNepal

देउवालाई गरेको हस्ताक्षर गलत हो,अब संसद् पूनःस्थापना भएपनि वा संसद् विघटन सदर गरिदिएपनि नेकपा एमाले एक हुन्छ

LC (KTM) July 08, 2021 0

काठमाडौं २४ असार । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अब संसद पुर्नस्थापना भएपनि संसद विघटन सदर भएपनि आफुहरु एक हुने बताएका छन् । जनता जान्न चाहन्छन् भन्ने कार्यक्रमा सहभागी भएका पाण्डेले यस्तो अभिव्यक्ति दिएका हुन् ।

अहिले पार्टी एकताको लागि बसिरहेको कार्यदलको बैठकले समाधान गर्ने बताएका पाण्डेले पार्टी विधिअनुसार चल्नुपर्नेमा आफूहरुले जोड दिँदै आएको समेत खुलासा गरेका छन् । यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गरेको हस्ताक्षरको विषयमा भने अदालतको असार २८ को फैसला पछि मात्र निणर्य हुने बताएका छन् ।

‘हस्ताक्षर गर्नु सही हो, राम्रो हो भनेर लागेर गरेको होईन् । तर, परिस्थिति त्यही थियो । अब संसद् पूनःस्थापना भएपनि वा संसद् विघटन सदर गरिदिएपनि हामी एक हुन्छौं ।’ कार्यक्रममा पाण्डेले भने ।

देउवालाई गरेको हस्ताक्षर गरेको गलत भएको बताएका पाण्डेले समयपस्थितिले गर्दा हस्ताक्षर गरेको बताएका छन् । आफ्ना पार्टी अब एकता भएर जानेमा पाण्डेको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर