कार्यदलको आज साँझ बस्ने बैठकले एकतालाई मूर्त सन्देश दिने नेता विष्टको दावी — OSNepal

कार्यदलको आज साँझ बस्ने बैठकले एकतालाई मूर्त सन्देश दिने नेता विष्टको दावी

LC (KTM) July 08, 2021 0

काठमाडौँ २४ असार । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकताको विषयमा छलफल अन्तिम चरणमा पुगेको बताएका छन् । आज बसेको कार्यदलको बैठकपछि नेता विष्टले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आज साँझ ७ बजे बस्ने बैठकले भने एकतालाई मूर्त सन्देश दिने नेता विष्टको दावी रहेको छ ।
‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा पुगेको छ’, बैठकपछि उनले भने ।

पार्टी एकताको लागि भन्दै निरन्तर रुपमा बसेको कार्यदलको आज साँझको बैठकले विष्कर्ष निकाल्ने नेताहरुको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर