मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा पक्राउ — OSNepal

मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा पक्राउ

LC (KTM) July 08, 2021 0

कास्की २४ असार । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजारमा होटल संचालन गरी बस्ने ५३ वर्षीय गौमती गुरुङ र कास्की रुपा गाउँपालिका-१० हंसपुर घर भएका ४० वर्षीय आईतीमाया गुरुङ रहेका छन् ।

उनीहरुले पीडितलाई बिभिन्न प्रलोभनमा पारी सोही महानगरपालिका-१० रामबजारस्थित एक होटलमा राम्रो काममा लगाईदिन्छु भन्दै खाजा नास्ता बितरणको काममा लगाएकोमा एक दुई दिन पछि नै खाजा घरमा आउने व्यक्तिहरुसँग खाजाघर संचालकले पैसा लिई डरधाक धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाई यौन शोषण गराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर