काठमाडौं -गजिनी फेम्ड अभिनेता प्रदीप रावतले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका छन् । फिल्ममा उनले नीता ढुंगानाको बुवाको भूमिका निभाउने भएका हुन् । निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले अभिनेता रावतसँगको तस्वीर सेयर गर्दै छायांकन सेट ज्वाइन भएको जानकारी गराएकी हुन् ।
तस्वीरमा अभिनेता हरिहर अधिकारी र नीतको बिचमा प्रदिप देखा परेका छन् । फिल्ममा उनको लामो भूमिका रहेको बताइएको छ । तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् ।
नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ह्रस्वदीर्घको छायांकन अहिले भारतमा भइरहेको छ । फिल्ममा नेपाली कलाकार विपना थापा देखी कमेडियन मिश्राको पनि अभिनय रहेको छ ।