कार्यदलको बैठकले पार्टी एकताको विषयमा सकारात्मक छलफल भएको भन्दै गर्दा नेत्रृ झाँक्रीले भनिन् यस्तो ... — OSNepal

कार्यदलको बैठकले पार्टी एकताको विषयमा सकारात्मक छलफल भएको भन्दै गर्दा नेत्रृ झाँक्रीले भनिन् यस्तो …

LC (KTM) July 08, 2021 0

काठमाडौं २४ असार । नेकपा एमालेकी माधव नेपाल पक्षकी नेत्रृ राम रामकुमारी झाँक्रीले अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी भएकाले कुनै पनि जालझेलमा परी झुक्किन नहुने बताएकी छन् ।

पार्टीको समस्या समाधान गर्नको लागि गठित कार्यदलको बैठक निरन्तर बसिरहेको बेला नेत्रृ झाँक्रीले भने,कुनै पनि जालझेलमा नपर्न आग्रह गरेकी छन् । यता कार्यदलका सदस्यहरु भने सकारात्मक भएको भन्दै एकताको लागि लागि परेका छन् । नेत्रृ झाँक्रीले ट्वीटर मार्फत लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त भएकोले ओली पक्षको जालझेलमा नपर्नि आग्रह गरेकी छुन् ।

उनले लेखेकी छिन्–”लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त हो।हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ।त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुदैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर