फागुन १९ मा दीपक - दीपाको ‘छक्का पञ्जा ४’ सँग अनमोलको ‘छड्के ’ भिड्दै — OSNepal

फागुन १९ मा दीपक – दीपाको ‘छक्का पञ्जा ४’ सँग अनमोलको ‘छड्के ’ भिड्दै

LC (KTM) February 12, 2023 0

फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । विदेशी चलचित्रसँग नजुँधाइ प्रदर्शनको तयारी गरेपनि स्वदेशी दुई चलचित्रको भने जुँध्ने भएका छन् । फागुन १९ मा दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शन हुँदैछन् ।

यस्तै, फागुन ४ मा चलचित्र ‘फूलबारी’ प्रदर्शन हुँदैछ । तीन वटै चलचित्र फरक श्रेणी तथा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको निर्माताले बताएका छन् । चलचित्र ‘फूलबारी’ मा अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको छ । छोरासँग समय बिताउन चाहेका शिक्षक दम्पती र सन्तानबीचको कथा समेटिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो ।

“परिवारको महत्वलाई चलचित्रमार्फत आम दर्शक समक्ष पु¥याउने कोसिस गरेका छौँं । मेरो अघिल्लो चलचित्रको तुलनामा यो भिन्न छ”, निर्देशक गुरुङले भन्नुभयो । यसमा विपीन कार्कीले शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ । साथै, अरुणा कार्की, प्रियङ्का कार्की, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खना, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीले अभिनय गर्नुभएको छ । यशोसरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार
2023-2-12 / 2079-10-29 4:12 pm
अर्थ
काठमाडौं, २९ माघ । सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् ।

गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाएका हुन् । तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । सोही बजेटको आकारलाई १४ प्रतिशतले घटाउँदै अर्थमन्त्री पौडेललले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन् ।

अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट ३ खर्ब १३ अर्ब ८५ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबाट २ खर्ब १४ करोडमा झारेका हुन् ।

१४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा अर्थमन्त्री पौडेलले घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान प्रतिनिधिसभामा पेस गरेका हुन् ।

धा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गर्नुभएको छ । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पार्नुभएको छ ।

“दर्शकले रुचाउने चलचित्र तयार गरेका छौँ । अघिल्लो शृङ्खला हेरेर आउनुभएका दर्शकलाई यसले निराश बनाउँदैन”, गिरीले भन्नुभयो । यसमा नरेन्द्र मैनालीको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।

त्यस्तै, ‘छड्के’ को सिक्वेल ‘छड्के २.०’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिनुभएको छ । “म टाईपकास्ट भन्दा पनि विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहन्छु”, अभिनेता केसीले भन्नुभयो,“यो मेरो र दर्शकका लागि फरक अनुभव छ । यसमा हिंस्रक अवतारमा प्रस्तुत भएको छु ।”

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

अन्य हप्ता खाली राखेर फागुन १९ मा दुई चलचित्र प्रदर्शनमा आउनुले दुवैपक्षलाई घाटा हुने वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “आश गरिएका दुई चलचित्र एकसाथ प्रदर्शनमा आउनु राम्रो होइन । यसले नेपालमा मात्र नभइ अन्तराष्ट्रिय बजारमासमेत असर गरेको छ । यस्ता विषयमा सम्बन्धित निकायले पहल गरेर मिलाउनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर