साँझ ७ बजे फेरि बस्ने गरि सकियो, एमालेको कार्यदलको बैठक — OSNepal

साँझ ७ बजे फेरि बस्ने गरि सकियो, एमालेको कार्यदलको बैठक

LC (KTM) July 08, 2021 0

काठमाडौं २४ असार । नेकपा एमालेको कार्यदलको बैठक आज साँझ ७ बजे बस्ने गरी सकिएको छ । पार्टी विवादलाई अन्त्य गर्न गठित कार्यदलको बैठक सिंहदरवारस्थिति अर्थमन्त्रालयको कार्यलयमा भएको हो ।

अध्यक्ष केपी शर्मा ओली समुहका कार्यदलका सदस्य सुवास नेम्वाङले बैठकमा सकारात्मक छलफल अगाडी बढेको जनाएका छन् । ‘हाम्रो वीचमा सकारात्मक कुराकानी भएको छ । पार्टीका विवाद मिलाउने गरी गम्भिर वार्ता भएको छ’ बैठकपछि नेम्वाङले भने ।

नेम्वाङले हिजो भएको अध्यक्षय ओली र माधव नेपाल बिच पनि सकारात्मक छलफल भएको स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर