पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै श्री ५ महाराजाधिराज भनेपछि विबादमा तानिइन् मनिषा कोइराला — OSNepal

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै श्री ५ महाराजाधिराज भनेपछि विबादमा तानिइन् मनिषा कोइराला

LC (KTM) July 08, 2021 0

काठमाडौं । बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन परेकेो थियो । पूर्वराजा ज्ञानेन्द्र शाह ७५ औं शुभजन्मोत्सबको उपलक्ष्यमा चचिद्र्धत नायिका मनिषा कोइरालाले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनि सम्बोधन गर्दै शुभकामना दिएपछि नायिका मनिषा कोइराला विबादमा तानिएकी छिन् ।

मनिषाले ट्विटरमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ औं शुभजन्मोत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’ भन्दै स्टाटस पोस्ट गरेपछि उनी चर्को आलोचना खेप्न बाध्य छिन् ।

उनले गणतन्त्र आइसकेको मुलुकका पूर्व राजालाई पहिलेका राजा महाराजालाई जस्तो श्री ५ महाराजाधिराज, मौसुम जस्ता शब्दावालीलाई ट्विटरका प्रयोगकर्ताले रुचाएनन् ।

वीपी कोइरालाका नातिनी समेत रहेकी मनिषाका कान्छा हजुरबुबा गिरिजाप्रसाद कोइरालाले नेपालमा राजा फालेर गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका खेलेको कुरा समेत सम्झाउँदै उनलाई ट्विटरका प्रयोगकर्ताले महाराजाधिराज१ मौसुफ१ हामीलाई जनताबाट रैति हुन यत्रो रहर किन के भन्दै एक प्रयोगकर्ताले प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर