कोरोना सङ्क्रमणबाटबाट वडा सदस्य थापाको मृत्यु — OSNepal

कोरोना सङ्क्रमणबाटबाट वडा सदस्य थापाको मृत्यु

LC (KTM) July 08, 2021 0

दुल्लु, २४ असार: कोरोना सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको आज बिहान मृत्यु भएको छ ।कोरोना सङ्क्रमण भएपछि उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृ त्यु भएको अस्पतालका सुपरिटेण्डेन प्रकाश थापाले बताए ।

यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति जगतजंग थापाको पनि मृ त्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृ त्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ । जिल्लामा गत महिना मृत्युदर शून्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उनले आग्रह गरे ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर