इंग्ल्याण्डले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी ट्वान्टी विश्वकपमा विजय सुरुआत गरेको छ । शनिबार पार्लमा भएको खेलमा वेस्ट इण्डिजलाई ७ विकेटले पराजित गरेर इंग्ल्याण्डले सुखद सुरुआत गरेको हो । वेस्ट इण्डिजले दिएको १ सय ३६ रनको लक्ष्य इंग्ल्याण्डले १४.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्याण्डको जितमा नाट ब्रान्टले ३० बलमा अविजित ४० रन बनाउँदा शोफाई डुन्केलीले ३४ रन बनाईन् । हिट्थर नाईट्स ३२ रनमा अविजित रहँदा अलाईस क्याप्सीले १३ रन बनाईन् । वेस्ट इण्डिजका लागि चिनेल्ली हेनरीले २ तथा अफै फ्लेचरले १ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि हाइली म्याथ्युजले ४२ रन बनाउँदा शिमेनि च्याम्पबेलले ३४ रन बनाईन् । चिनेल्ली हेनरी १४ र अफै फ्लेचर १० रनमा आउट भईन् । इंग्ल्याण्डका लागि सोफी एक्लेस्टोनले ३ तथा काथिरिनी बु्रन्ट र सारिह ग्लेनले समान १र१ विकेट लिईन् । जितसँगै इंग्ल्याण्ड समूह ुबीु मा १ खेलबाट २ अंक जोडेर अंक तालिकाको र्शीष स्थानमा रहेको छ । वेस्ट इण्डिज भने अंक बिहिन रहँदै दोस्रो स्थानमा रहेको छ ।