काठमाडौं – फिल्म ‘कामिनो’मा वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् । प्रदीप खड्कालालाई मुख्य भूमिकामा लिएर बनाउन लागेको फिल्म ‘कामिनो’का लागि सिवाकोटीले अभिनय गर्ने बताइएको छ ।
मंगलबार वर्षाले आफ्नो फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् । केही दिनमा कागजी सम्झौता हुने बताइएको छ । विवाहपछि उनले गर्ने नया फिल्म भनेको नै ‘कामिनो’ रहने छ । वर्षाले लेखक महेश दवाडीबाट स्क्रिप्ट समेत सुनिसकेकी छन् ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् । सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने ‘कामिनो’को स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।
फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ । आगामी चैत्र तेश्रो साताबाट फिल्मको छायाकंन हुने छ ।फिल्मकै लाग ि प्रदीपले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजाआजा गरेका हुन् । ‘क्यामिनो’को औपचारिक घोषणाअघि उनले ग्रहशान्तिको पूजाआजा गरेको जानकारी गराएका हुन् ।
इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै उनले यो फिल्मका लागि आफूलाई पहिलेजस्तै साथ दिन सबैलाई आग्रह गरेका छन् । उनले भनेका छन् ‘भाग्य र मेहनत दुवै एकसाथ अघि बढ्छन् । यो भाग्यका लागि थियो भने अर्को चाहिं कडा मेहनतमा निर्भर हुनेछ ।