सभापति देउवालाई दिएको हस्ताक्षर फिर्ता लिन्छौँ : रावल — OSNepal

सभापति देउवालाई दिएको हस्ताक्षर फिर्ता लिन्छौँ : रावल

LC (KTM) July 08, 2021 0

काठमाडौं २४ असार । नेकपा एमालेका उपाध्यक्ष डा। भीम रावलले हिजो प्रधानमन्त्री केपी ओली र माधव नेपालबिच भएको भेटवार्तालाई सकारात्मक भएको बताएका छन् । आज बिहान एक कार्यक्रम मार्फत नेता रावलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आज बसिरहेको कार्यदलको बैठकमा साझा प्रस्ताव अघि ल्याउने समेत तयारी भएको नेता रावलले बताएका छन् । केहि दिन अगाडी मात्र प्रधानमन्त्री ओलीलाई भेट्न राति बालुवाटार पुगेका रावल त्यस यता पार्टी एकताको लागि सकारात्मक देखिएका हुन् । कार्यक्रममा पार्टीको विवाद समाधान भएपछि अघि बढ्ने बताएका नेता रावलले एकतासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको हस्ताक्षर पनि स्वत फिर्ता हुने बताएका छन् ।

पार्टीको विवाद मिलाउन लागि परेकोे बताएका रावलले सहमतिमार्फत नै पार्टीको विवाद अन्त्य गर्ने समेत बताएका छ्न । योसँगै अब देउवाको प्रधानमन्त्री बन्ने सपना भने अधुरै हुने संकेत देखिएको छ । आजको बैठकमा निष्कर्ष निकाल्ने भन्दै दावी गर्दै आएका कार्यदलको सदस्यहरुको बैठक सिंहरदरवारस्थिति अर्थमन्त्रालयमा जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर