बेवारिस छ रुबीभ्यालीको रुबी — OSNepal

बेवारिस छ रुबीभ्यालीको रुबी

LC (KTM) February 11, 2023 0

रुबीभ्याली (धादिङ), माघ २८ गते । पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक विरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको रोज्जा ठाउँ बन्न सक्छ तर स्थानीय चेतनास्तर र राज्यको बेवास्ताले ‘रुबी’ बेवारिस छ ।

यहाँ रुबी ९रातो पत्थर० बहुमूल्य छ । बेलाबखत यहाँ रुबी पाइएको हल्ला चल्छ । क्वार्ज ९सेतोरदर्शन ढुङ्गा० यत्रतत्र पाइने स्थानीय बताउँछन् । त्रिशूलजस्ता पहाड रहेको क्षेत्र हो यो । धादिङ‌को उत्तर–नुवाकोट, रसुवा, गोरखा अनि तिब्बत नाका जोडिने यो क्षेत्र गणेश हिमालको फेद हो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको तीन वर्षअगाडि नै ‘रेमन्ड’ले सगरमाथा आरोहण असफल भएपछि गणेश हिमाल चढेका सुनाउनुहुन्छ ट्राभल्स एजेन्ट एसोसिएसन नेपाल ९टान०का पूर्वउपाध्यक्ष एवं गणेश हिमाल पर्यटन विकास समितिका पूर्वउपाध्यक्ष तेजबहादुर गुरुङ ।

पर्यटन क्षेत्रमा जे भएको छ, यिनै गुरुङहरू‌ले गरेका छन् । विदेशभन्दा पर्यटन क्षेत्रमा लागेका छन् रुबीभ्यालीका पाँचगाउँका गुरुङ । तामाङ, गुरुङ, घले, कामी र शाक्य ९थोरै परिवार०को बसोबास रहेको यो पालिकामा केही होटल र मनग्गे होमस्टे पनि बनाइएका छन् । तर चालीस गाउँबासी पसले धने गुरुङले भन्नुभयो, “विदेशी नदेखेको त चार पाँच वर्ष भयो । पर्यटक आउँछन् भनेर लगानी गरियो तर खोइ रु”

‘भीरको बाटो सम्मै छ खनेर, आउन जान सजिलो भनेर’ यो लोकभाकाजस्तै अहिले धादिङबेँसी अनि रसुवातर्फ धुन्चे, गत्लाङ हुँदै हिमाली भञ्ज्याङ ९पाङ्साङ पास०बाट कच्ची सडक जोडिएको छ । भीरको कच्ची सडक, धुलो र हिलो– तत्काल त

‘कमजोर मुटु’ भएकालाई यो यात्रा गाह्रो छ तर साहसिक यात्रा मन पराउनेलाई मज्जा छ । तेजबहादुर गुरुङको अनुमान बेग्लै छ । उहाँले भन्नुभयो, “६०र७० वर्षअघि नै गणेश हिमाल आरोहण भए पनि पछि किन आरोही र पर्यटक आएनन् रु गणेश हिमाल धार्मिक आस्थाका हिसाबले मानसरोवर÷कैलाश, पशुपति, पार्वतीकुण्डसँग जोडिएको छ । शिव पार्वतीका सन्तान गणेश भनेर यसमा आरोहण अनुमति नदिएको हो कि रु” गोसाइँकुण्ड, पार्वती कुण्ड, सिङ्ला पास, पाङ्साङ पास जोडेर सुन्दर पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तर गणेश हिमालको आधार शिविर पनि बनाइएको छैनस सहज पदमार्ग पनि विकास गरिएको छैन ।

“२०३३ सालमै रसुवाको सीमासम्म सडक आएको थियो तर राज्यले अहिलेसम्म हामीलाई बेवस्ता ग¥यो, राजनीतिक नेतृत्वबाट बेवास्ता भयो, अब नयाँ पुस्ता नेतृत्वमा आएका छौँ, धुले सडक जोड्‌यौँ, अरू काम गर्दैछौँ,” गाउँपालिका अध्यक्ष रामसिंह तामाङले भन्नुभयो ।

धादिङको बादिङबँसीबाट ७० किलोमिटर र रसुवाको सोमदाङबाट ३० किलोमिटर दूरीमा रहेको सेर्तुङको ब्राबरजोङ ९घले दरबार०को भग्नावशेष भएको डाँडाबाट टक्क सामुन्ने देखिन्छ गणेश हिममाला ।

अधिकांश तामाङ जाति रहेको यहाँ रुबी ९रातो पत्थर०समेत पाइने भएकाले पर्यटन व्यवसायीको प्रस्तावमा साबिक तिप्लिङ, सेर्तुङ र लापा गाउँ विकास समितिलाई मिलाएर रुबीभ्याली गाउँपालिका बनाइयो । सोली आकारका खोँच र पहराको तलेत्रामा बस्तीहरू रहेको यो ठाउँ सुन्दर छ । चालीस गाउँबाट ४५ मिनेट यात्रामा अनि लिङ्जो गाउँतिर तातोपानीका मूल छन् । सङ्जेन भ्यालीमा तीनवटा विशेष ताल छन् । पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । होमस्टेहरू बनाइए पनि, सडक पुगे पनि किन छैनन् पर्यटक रु

ग्रामीण पर्यटनविज्ञ प्रा।डा। प्रेम शर्माले भन्नुभयो, “चेतनास्तर विकास हुनुपर्छ । सुरक्षा र सुसंस्कार महसुस हुनुपर्छ । स्थानीयवासी मात्र होइन, पर्यटन प्रवद्र्धनमा लागेकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको मनोभाव बुझेर सेवा दिन सक्नुपर्छ ।”

पचास–साठी वर्षअगाडि नै पर्यटक पुगेको यो क्षेत्रमा सुरक्षासम्बन्धी पहिलो प्रश्न छ । केही वर्षअगाडि दुई ताइवानी युवा–युवती पुरु गाउँमाथिको डाँडामा अल्झिएर ४२ दिन हराए । उनीहरूको उद्धार गरिए पनि युवतीको देहवसान भयो । त्योसँगै यहाँ कुटपिट र चोरी हुने हल्ला चल्यो । काठमाडौँ उपत्यकाका तीन डाँडापारि यस्तो हल्ला साम्य पारेनन् सरकार अनि पर्यटक प्रवद्र्धकहरूले ।

सन् १९१२ मा पर्यटन बोर्ड नेपालको सहकार्यमा यहाँको पर्यटन सम्भाव्यता अध्ययन गरेर १८ वटा मार्ग पहिचान गरेको बताउनुहुन्छ तेजबहादुर गुरुङ । तीन दिनदेखि १८ दिनको मात्रा गर्न सकिन्छ यो क्षेत्रमा । तर एक हजारदेखि चार हजार मिटरको भौगोलिक बनावटमा यात्रुको सुरक्षा र सेवामा विशेष ध्यानसहितको चेतना चाहिने प्रा।डा। शर्माले बताउनुभयो । सडक पुगेर मात्र हुन्न, पर्यटन विकासका लागि ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ दुवै चाहिन्छ’ उहाँको भनाइ छ ।

पत्थरको खानी रुबीभ्याली काठमाडौँको नजिकको हिमाली गन्तव्य हो । अब यसको प्रवद्र्धन गर्दैछन् । नेपाल पर्यटन बोर्ड, रुबीभ्याली गाउँपालिका र गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल ९भिटोफ० लगायतले । यहाँको पहाडी दृश्य सुन्दर छ, बासिन्दा वृद्धवृद्धा बढी छन् तर सहरमै भएकाहरू आफ्नो गाउँ आफैँ बनाउन सक्रिय छन् ।

स्थानीय सङ्घसंस्थासमेतको सहकार्यमा यसै साता भिटोफ, नेपाल पर्यटन बोर्ड, रुबीभ्याली गाउँपालिकाले रुबीभ्याली–४ चालिस गाउँ तथा वडा नम्बर ३ सेर्तुङमा पर्यटन प्रवद्र्धन निम्ति अध्ययन अवलोकन कार्यक्रम गरे । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले भन्नुभयो, “यहाँ पर्यटन विकास गर्ने भनेर मात्र हुँदैन । स्थानीय जागरण र उत्पादन पनि हुनु आवश्यक छ ।” गोर्खापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर