जुवातास र सट्टाबाजी खेलिरहेको अबस्थामा पाँच जना चिनियाँ जुवाडे नगदसहित पक्राउ — OSNepal

जुवातास र सट्टाबाजी खेलिरहेको अबस्थामा पाँच जना चिनियाँ जुवाडे नगदसहित पक्राउ

LC (KTM) July 08, 2021 0

काठमाडौँ २४ असार । जुवातास र सट्टाबाजी खेलिरहेको अबस्थामा प्रहरीले पाँच जना चिनियाँ जुवाडेलाई पक्राउ गरेको छ ।

हिजो बुधबार राति ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिनियाँ नागरिकहरुमा सिआयोलङसहित पी चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् । निजहरुको साथबाट प्रहरीले १ लाख २३ हजार नेपाली रुपैंया समेत बरामत गरेको छ ।

पक्राउ परेका जुवाडेहरु माथि थप अनुशन्धान भइरहेको प्रहरीmे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर