काठमाडौं – लियोनेल मेस्सीले युइएफए च्याम्पियन्स लिग अन्तरगत जर्मन क्लब बायर्न म्युनिखसँगको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेल गुमाउने सम्भावना बढेको छ। चोटका कारण घाईते भएपछि खेल गुमाउने सम्भावना बढेको हो ।
पिएसजीका अर्जेन्टीनी खेलाडी लियोनेल मेस्सी कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलमा मार्से विरुद्धको खेलमा घाईते भएका थिए। पिएसजी मार्सेसँग २–१ ले पराजित भएर कप डि फ्रान्सबाट बाहिरीएको छ।
एसजीले यसअघि चोटकै कारण केलियन एमबाप्पेलाई गुमाइसकेको छ। उनी तिघ्राको चोटका कारण एक महिना मैदान बाहिर छन् । पिएसजी र बायर्नबीचको च्याम्पियन्स लिगको पहिलो लेगको खेल पिएसजीको मैदानमा १४ फेब्रुअरीमा र दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुँदैछ।
कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलमा मार्सेसँग २–१ ले पराजित भएको खेलमा मेस्सीले ह्यामस्ट्रिङको समस्या भोगेका हुन् । मेस्सीको चोटले पीएसजीलाई संकट पैदा भएको हो ।