‘अगस्त्य’का लागि २० केजी तौल बढाउन दैनिक जिम जान्छन् नाजिर — OSNepal

‘अगस्त्य’का लागि २० केजी तौल बढाउन दैनिक जिम जान्छन् नाजिर

LC (KTM) February 10, 2023 0

काठमाडौँ । फिल्म ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा छन् । यो फिल्मका लागि मात्रै उनले आफ्नो शरीरको तौल १५ केजी घटाएका थिए । उनले गरेको मिहिनेत फिल्ममा स्पष्ट रुपमा देखिएको पनि छ ।

उनै मेहेनती र लगनशिल अभिनेता हुसेनले नयाँ फिल्म ‘अगस्त्य’को लागि भने २० केजी तौल बढाउने अभियानमा जुटेका छन् । जसका लागि उनले दैनिक घण्टौँ जिम गएर तौल बढाउने काम गरिरहेका छन् ।

नाजिरले जिममा वर्कआउट गर्दै गरेको तस्वीर सार्वजनिक गर्दै आफू अब २० केजी मोटाउन आवश्यक रहेको भन्दै तस्विर पोस्ट्याएका छन् ।

नाजिर एक्सन अवतारमा देखिने ‘अगस्त्य’को निर्देशन सौरभ चौधरीले गर्दैछन् भने फिल्ममा सौगात मल्ल र मलिका महत्त पनि फाइनल भैसकेका छन् ।

मेहेनत र लगनशिलता हुँदा हुँदै असफल करियरका साथ अघि बढेका नाजिरका लागि यो फिल्म भाग्य परिक्षा हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर