काठमाडौं २४ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका भीम रावल र अर्थमन्त्री विष्णु पौडेलबिच भेटवार्ता भएको छ । पार्टी एकताको विषयमा आज कार्यदलको बैठक बस्नु अगावै यी दुई नेताबिच भेटवार्ता भएको हो ।
आज बिहान नौ बजे शुरु भएको भेटवार्तामा पार्टी एकताको विषयलाई लिएर छलफल भएको स्रोतले जनाएको छ । दुवै कार्यदलको सदस्य भएकाले भेटवार्ता पछि कार्यदलको बैठक बस्ने भएको छ । आज एकताको विषयमा निष्कर्षमा दावी गरेका कार्यदलका सदस्यहरुले बैठक सकारात्मक हुँदै भएको बताउँदै आएका छन् ।
हिजो राति मात्रै अध्यक्ष केपी ओली र माधव नेपाल बिच भेटवार्ता भएको थियो ।