काठमाडौँ । निकटसल्लाहकारले नै साथ छाडेपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी एक्लिँदै गएका छन्। एकपछि अर्को विबादास्पद निर्णय गर्दै जाने, आफ्नो ढिपी र अडान कहिल्यै नछाड्ने बानीका कारण भुवन एक्लिँदै गएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
बोर्डको सल्लाहकार समितीबाट संयोजक निर शाहले राजीनामा दिएपछि उनलाई कडा धक्का लाग्यो । त्यस्तै नीर शाहसँग भुवनको नजिकको मानिएका चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, सल्लाहाकार समितीकै सुशान्त कुमार श्रेष्ठ, दीपाश्री निरौलाले पनि राजीनामा दिएसँगै भुवन केही तनावमा समेत देखिएका छन् । त्यस्तै आकाश अधिकारी पनि राजीनामा बुझाउने तयारीमा रहेको स्रोत बताउँछ ।