तनहुँमा बिहान उठेर गोठमा जाँदै गरेका खुमबहादुरलाई एक्कासी आएको पहिरोले पुर्यो — OSNepal

तनहुँमा बिहान उठेर गोठमा जाँदै गरेका खुमबहादुरलाई एक्कासी आएको पहिरोले पुर्यो

LC (KTM) July 08, 2021 0

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर