काठमाडौँ २४ असार । नेकपा एमालेको पार्टीका एकताको लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान साढे ११ बजे बस्ने बताइएको छ ।
आजको बैठकमा सहमति हुन नसकेका विषयमा छलफल गरिने भएको छ । हिजो भएको अध्यक्ष केपी ओली र माधव नेपाल बिचको छलफलमा सहमति हुन नसकेको बताइएपनि कार्यदलको बैठक सहमति नजिक पुगेको जनाइएको छ ।
आज सहमति हुने भन्दै आज निष्कर्षमा पुगने जनाइएको छ । ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले हल्लाको कुनै अर्थ नभएकोले सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको बताएका छन् ।
लगातार रुपमा बसेको कार्यदलको बैठक आज चौथौं पटक बस्न लागेको हो ।