काठमाडौं -अभिनेता प्रदिप खड्काले मुम्बइ पुगेर ग्रहशान्ति पूजा गरेका छन् । प्रदीपले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजाआजा गरेका हुन् । ‘क्यामिनो’को औपचारिक घोषणाअघि उनले ग्रहशान्तिको पूजाआजा गरेको जानकारी गराएका हुन् ।
इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै उनले यो फिल्मका लागि आफूलाई पहिलेजस्तै साथ दिन सबैलाई आग्रह गरेका छन् । उनले भनेका छन् ‘भाग्य र मेहनत दुवै एकसाथ अघि बढ्छन् ।
यो भाग्यका लागि थियो भने अर्को चाहिं कडा मेहनतमा निर्भर हुनेछ । ‘कृष्णलीला’ फेम्ड दीपक वलीले निर्देशन गर्ने यो फिल्मलाई ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने तयारी छ ।
फिल्म नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा सुटिङ हुने तयारी छ । । दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर अमेरिका छिर्ने आप्रवासीको कथावस्तुमा बन्न लागेको फिल्ममा नायिका वर्षा सिवाकोटी फाइनल भइसकेकी छन् ।