हेटौँडा -हेटौँडा उपमहानगरपालिका–१८, हर्नामाडी एक महिला बाघसँग लडाई गरेर आफनो ज्यान बचाउन सफल भएकी छिन् । स्थानीय ५७ वर्षीया माइतीकुमारी बयलकोटी बाघसँग लडाई गरेर ज्यान बचाउन सफल भएपछि धेरैले उनले पुर्नजीबन पाएको बताएका छन् ।
घाँस काट्ने एउटा कचियाको सहारामा बाघको मुखबाट फिर्ता भएकी बयलकोटीको को हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। बाघको आक्रमणबाट उनको ढाड, गाला र ओठमा चोट लागेको छ। मंगलबारदेखि नै हर्नामाडीको गुम्बाडाँडामा बाघको आतंक बढ्दै गएपछि स्थानिय त्रसित बनेका छन् ।