अबिरल वर्षासँगै आएको पहिरोले पाल्पामा ६ घर पुरिए : चार वर्षीय बालक बेपत्ता, सात घाइते — OSNepal

अबिरल वर्षासँगै आएको पहिरोले पाल्पामा ६ घर पुरिए : चार वर्षीय बालक बेपत्ता, सात घाइते

LC (KTM) July 08, 2021 0

पाल्पा-अबिरल वर्षासँगै आएको पहिरोले पाल्पामा घर पुरिदा एक जनाको मृत्यु भएको छ भने एक बालक वेप त्ता भएका छन्। पाल्पाको तिनाउ गाउँपालिका(५ हिउँदे खोला भन्ने गाउँमा आएको पहिराले ४५ वर्षीय वीरबहादुर गुरुङको मृ त्यु भएकोहो । बेप त्ता हुने बालकमा सोही ठाँउका पुजा परियारका चार वर्षीय छोरा रहेका छन् ।

पहिरोले ६ घर बगाएको प्रहरीले बताएको छ । पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ। पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको बताइएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तिनाउँ गाउँपालिका(३ को ३र४ ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर