काठमाडौं । नायिका श्वेता खड्काले यतिबेला आफ्नो सारा समय छोरीलाई दिएकी छिन् ।
नायिका हुँदै निर्मात्री बनेकी यी सुन्दरी अभिनेत्रीले अभिनयसँगसँगै आफ्नो व्यबसायलाई पनि निरन्तरता दिइरहेका बेला उनले अझै केही समय छोरीसँग बिताउने बताएकी छिन् ।
सुटिगं, अफिस र भेटघाटको दौडधुपमा दौडिरहने बानी लागेकी उनी आमा बनेपछि भने दैनिकी फेरेर छोरी, पति र परिवारसँग रमाइरहेकी छिन् ।
श्वेताले छोरीलाई अझै समय दिने मुडमा छिन् । भन्छिन् आगामी दशैंसम्म म छोरीलाई पूर्ण समय दिन्छु त्यसपछि बल्ल काममा फर्किन्छु ।
फिल्म र व्यवसायको दैनिकीबाट पछिल्लो १ वर्ष टाढीएकी उनी भन्छिन् दशैंपछि फिल्मको प्रोजेक्टलाई अघि बढाउने उनको योजना र व्यबसायलाई तिब्रताका साथ अघि बढाउनुछ ।
मंगलबार एक कफी सपमा कुनैबेलाकी हिट अभिनेत्री जल शाह र श्वेताबीच गेट–टुगेदरसम्म गर्न भ्याएकी यी सुन्दरी अभिनेत्रीले केही बेर कफी गफ गरिन् । भेटमा जलले श्वेताको लागि सरप्राइज बर्थडे पार्टी पनि दिइन् । सो अवसरमा केक पनि काटिएको थियो ।