पाँचौं अर्घाखाँची महोत्सव सम्पन्न, पाँच करोडको कारोबार — OSNepal

पाँचौं अर्घाखाँची महोत्सव सम्पन्न, पाँच करोडको कारोबार

LC (KTM) February 08, 2023 0

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव सम्पन्न भएको छ ।अर्घाखाँची उद्योग बाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा माघ ११ गतेदेखि संचालन भएको महोत्सव मंगलबार करिब पाँच करोडको कारोवार गर्दै सम्पन्न भएको छ ।

समापन कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मेला महोत्सवहरुले स्थानीय प्रतिभाको पहिचानसहित आर्थिक चलायमान हुने बताए । करिब पाँच करोड देखि सात करोडको कारोबार भएको नेता घिमिरेले दाबी गरे ।

उनले महोत्सव उत्साह पुर्वक सकिएको बताउदै सस्तो गुणस्तरीय सम्मान अर्घाखाँचीबासीले उपभोग गरेको बताए । यस्तै लोकप्रिय कलाकार तथा स्थानीय प्रतिभाहरुलाई धन्यवाद दिदै उज्ज्वल भविस्यको कामना समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर