टर्कीमा गएको भुकम्पमा परि मृत्यु हुनेको संख्या अहिले सम्म ६ हजार २ सय पुगेको छ । तीन महिनाका लागि त्यहाँ संकटकाल घोषणा गरिएको छ । त्यस्तै भुकम्पको धक्काका कारण टर्कीको उचाइ १० फिट बढेको भुगर्भबिदहरुले बताएका छन् । सोमबार टर्कीको लागि विपत्ति ल्यायो। बिहान ४ : १७ मा भूकम्पको पहिलो धक्काले धेरैको ज्यान लिएको थियो ।
त्यसपछि लगातार भूकम्पको धक्का र पराकम्पनले धेरै ठूला सहरलाई भग्नावशेषमा परिणत गरिदियो । यसैबीच, विज्ञहरूले यो भूकम्प यति शक्तिशाली भएकोले टर्कीलाई १० फिटसम्म उचालेको बताएका छन् । इटालीका भूकम्पविद् डा कार्लो डोग्लियोनीले टर्कीको टेक्टोनिक प्लेट सिरियाको तुलनामा पाँचदेखि छ मिटरसम्म बढ्न सक्ने बताए।
वास्तवमा टर्की एनाटोलियन प्लेट, अरेबियन प्लेट र युरेशियन प्लेटसँग जोडिएका धेरै ठूला फल्टलाइनहरूमा अवस्थित छ, जसका कारण यहाँ भूकम्पको जोखिम उच्च छ। एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको २२५ किलोमिटरको फल्टलाइन भाँचिएको मौसमविद्हरूले बताएका छन् । तर प्रारम्भिक तथ्यांकका आधारमा मात्रै भनिएको उनले बताए ।
थप सटीक जानकारी आगामी केही दिनमा उपग्रहबाट उपलब्ध हुनेछ। डरहम विश्वविद्यालयका संरचनात्मक भूविज्ञानका प्राध्यापक डा बब होल्ड्सवर्थले भूकम्पको तीव्रतालाई हेर्दा टेक्टोनिक प्लेटको परिवर्तन तर्कसंगत भएको बताए। वास्तवमा भूकम्पको तीव्रता र टेक्टोनिक प्लेटहरू सर्ने बीच सीधा सम्बन्ध छ। यसमा अप्ठ्यारो लाग्ने केही छैन ।