काठमाडौँ । स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएपछि फिल्म चलि हाल्छ भन्ने कुरा झुठो सावित भएको छ । हट, बोल्ड यी सुन्दरीले अभिनय गरेका २ फिल्म ‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ ले दर्शकलाई तान्न नसकेपछि साम्राज्ञीलाई लिने निर्माता एक कदम पछि हटेका छन् ।
‘तिम्रो मेरो साथ हलमा लागेको ३ दिन नबित्दै ह्यारी कि प्यारी’को प्रचार प्रसारमा देश दौडाहामा निस्किएकी साम्राज्ञीका दुबै फिल्म बक्स अफिसमा नराम्रोसँग चिप्लिन पुगेका छन् ।
डाक्टर कपिल रिजालको सर्वाधिक महत्वकांक्षी यो फिल्ममा काम गर्ने अवसर पाए पनि फिल्मको व्यापार शुक्रबारबाटै कमजोर देखियो । ‘ह्यारी कि प्यारी’ले शनिबार केही हलमा एक दुई शोज दर्शकको साथ पाए पनि ‘तिम्रो मेरो साथ’ त बक्स अफिसमा सुपर फ्लप भयो ।
साम्राज्ञीको गिर्दो क्रेजलाई आशा गरिएका दुवै फिल्मले बचाउन नसकेका बेला महंगी नायिकाको उपमा पाएकी यी सुन्दरीमाथि नयाँ फिल्ममा लगानी गर्ने निर्माताहरु को को तयार छन् ? त्यो त समयले नै देखाउला ।