काठमाडौं, २४ माघ-डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राख्न सफल भएका छन् ।
मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राख्न सफल भएका हुन् ।
थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई ३१ केजी, तामाङ ५३ केजी, र राठोरदले ६३ केजीको खेलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु तीनै जनाले द्धितिय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल भएको सचिव दिपक तामाङले बताए । थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड पुगेका थिए ।
काठमाडौं, २४ माघ
डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राख्न सफल भएका छन् ।