प्रियंका चाहर चौधरी कि शिव ठाकरे, को बन्ला बिग बोस १६ को विजेता ? — OSNepal

प्रियंका चाहर चौधरी कि शिव ठाकरे, को बन्ला बिग बोस १६ को विजेता ?

LC (KTM) February 06, 2023 0

प्रियंका चाहर चौधरी कि शिव ठाकरे, को बन्ला बिग बोस १६ को विजेता ? यो प्रश्नलाई लिएर सामाजिक सञ्जालमा बहस भएको छ । बिग बोसको ग्रान्ड फिनाले १२ फेब्रुअरीमा हुँदैछ । यस्तो अवस्थामा सबैको मनमा प्रश्न उठ्छ कि यस पटक शोको विजेताको ताज कसलाई लगाइन्छ ? बिग बोसको फिनाले आउन अझै एक साता बाँकी छ तर फाइनल हुनुअघि नै सामाजिक सञ्जाल ट्रेन्डले बिग बोसको विजेताको नाम सार्वजनिक गरेको छ ।

हो, अचम्म नमान्नुहोस्। सोसल मिडिया ट्रेन्ड अनुसार यस पटक सिजन १६ को विजेता प्रियंका चाहर चौधरी छिन् । ट्विटरमा प्रियंकाको वर्चस्व छ । फाइनलअघि उनले फ्यानबाट सबैभन्दा बढी समर्थन र माया पाइरहेकि छिन् । खबरले आफ्नो भविष्यवाणीमा प्रियंका चाहर चौधरीलाई बिग बोस १६ को विजेता हुने बताएको छ । खबरका अनुसार दोस्रो नम्बरमा शिव ठाकरे र तेस्रो नम्बरमा एमसी स्टान हुनेछन्।

अर्चना चौथो र निम्रत कौर अहलुवालियाको नाम पाँचौं नम्बरमा छ । धेरै सेलिब्रेटीहरूले फाइनल अघि नै प्रियंकालाई बिग बोसको विजेता घोषणा गरेका छन् । सामाजिक सञ्जालको ट्रेन्ड हेर्दा अली गोनी र अर्जुन बिजलानीलाई लाग्छ प्रियंकाले यो सिजन जित्छिन् ।

अली गोनीले आफ्नो ट्विटमा लेखेका छन्– यो वर्ष मैले बिग बोसको एउटा पनि एपिसोड देखेको छैन, तर सामाजिक सञ्जाल हेर्दा र यस शोको बारेमा जति थाहा छ, प्रियंकाले शो जित्नेछिन् । अनुभवबाट बोल्दै छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर