काठमाडौं । चलचित्र ‘ह्रस्वदीर्घ’को छायांकन भारतको हैदराबादबाट सुरु गरिएको छ । नायिका नीता ढुंगानाको निर्माणमा बन्न लागेको ‘ह्रस्वदीर्घ’ हैदराबादस्थित रामोजी स्टुडियोबाट सुरु भएको निर्माण यूनिटले जनाएको छ ।
आज पूआजासहित फिल्मको छायांकन सुरु गरिएको हो । नायिका ढुंगानाका अनुसार नेपाली कलाकार र भारतीय अभिनेता अलीको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो ।
चार करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको फिल्ममा प्रमुख भूमिकामा नीतासहित हरिहर अधिकारी, सरोज खनाल, हजारभन्दा धेरै फिल्मको रेकर्ड राखिसकेका भारतीय अभिनेता ब्रह्मानन्दमसहित चर्चित दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा खलपात्रको रोल गरिसकेका सुनिल बर्मा रहनेछन् ।
त्यस्तै ‘गजनी’ फेम्ड अभिनेता प्रदीपराज रावत र नायिका विपना थापाको पनि फिल्ममा मुख्य भूमिका हुनेछ । फिल्मको निर्देशन चन्द्र पन्तले गर्दैछन् । फिल्मलाई नेपालको चितवन र देवघाटसहित भारतको बनारस र लखनऊमा समेत छायांकन गर्ने तयारी छ ।