मोटो रकम सहित शेर्पाको घरमा तास खेलिरहेका ५२ जनालाई फिल्मी शैलिमा प्रकाउ गर्न सफल भयो प्रहरी — OSNepal

मोटो रकम सहित शेर्पाको घरमा तास खेलिरहेका ५२ जनालाई फिल्मी शैलिमा प्रकाउ गर्न सफल भयो प्रहरी

LC (KTM) July 08, 2021 0

काठमाडौं, २३ असार- काठमाडौं, झापा र स्याङजाका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका(६ आरुबारी सिमालटार चोक नजिक वाङचु शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानरगपालिका(६ बौद्ध सिमालटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय लाल बहादुर बिक लगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १४ लाख ५९ हजार ९ सय रुपैयाँ र २० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका(८ बस्ने २९ वर्षीय थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थमा ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७ लाख ४५ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

स्याङजा, भिरकोट नगरपालिका(२ ठाडो लाईनस्थित खेम बहादुर श्रेष्ठको बिवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १२ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर