काठमाडौं – फिल्म ‘अगस्त्य : च्याप्टर वान’को प्रमुख कलाकारमा नाजिर हुसेन र मलिका महत पनि अनुबन्धित भएका छन् । फिल्मलाई लभ डायरिज’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन छन् ।निर्माताले सोमबार विज्ञप्ति जारी गर्दै थप कलाकार सार्वजनिक गरेका हुन् ।
यस अघि फिल्मको मुख्य कलाकारमा अभिनेता सौगात मल्ल फाइनल भइसकेका छन् । । भारतको गोरखपुर, बनारस, नेपालको काठमाडौं र नवलपरासीमा फिल्म छायांकन हुने छ । फिल्मको छायांकन बैशाखदेखि सुरु हुनेछ ।
सस्पेन्स-थ्रीलर जानरामा बन्न लागेको फिल्मको प्रदर्शन आगामी मंसिरमा हुने छ । प्रकाश मल्ल र अनिश तामाङको निर्माण हुने फिल्मलाई डार्क हर्स इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको हो ।