एथेन्स, फेब्रुअरी – एजियन सागरको लेरोस टापुमा शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा डुब्दा एक महिला र एक शिशुको मृत्यु भएको ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीले आइतबार उल्लेख गरेको छ। उक्त डुङ्गामा कतिजना सवार थिए भन्ने एकिन भएको छैन्।
नाबालिगहरू सहित २० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ । यद्यपि उनीहरुको राष्ट्रियता भने निर्धारण हुन बाँकी छ ।ग्रीसमा सन् २०१५ देखि शरणार्थी र आप्रवासीहरूको आगमनमा व्यापक वृद्धि भएको छ । साथै विगत आठ वर्षमा सयौं ग्रीस प्रवेश गर्नेक्रममा शरणार्थीको एजियन सागरमा डुबेर मृत्यु भएको छ।