पाकिस्तान – पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटा सहरमा आइतबार भएको बम विस्फोटमा कम्तीमा पाँच जना घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको पुलिस लाइन क्षेत्रमा रहेको चेक पोस्ट नजिकै विस्फोट भएको क्वेटाको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।
विस्फोटपछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । सुरक्षा बलले सो क्षेत्रलाई घेरा हालेर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले आइतबार विज्ञप्ति जारी सो गर्दै आक्रमणको जिम्मेवारी लिएको छ ।