चितवन, असार २३ । चितवनमा पछिल्ला दिनमा छोरी चेलीहरु असुरक्षीत बन्दै गइरहेका बेला गैँडाकोटबाट १२ दिनदेखि सम्पर्कविहीन युवती नारायणगढबाट फेला परेकी छन् ।
गुल्मी मालिका गाउँपालिका–२ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएकी २१ वर्षीय पुनम घर्ती हराएको भन्ने खबर उनकी आमाले दिए लगत्तै प्रहरीले खोज तलास गरेसँगै उनी आज नारायणगढको शहिदचोकमा फेला परेकी हुन् । उनकी आमाले दिएको तस्विरका आधारमा उनलाई फेला पारे लगत्तै परिवारको जिम्मा लगाइएको छ ।
सुस्त मनस्थितीकी पुनम गत फागुनदेखि औषधी सेवन गर्दै आइरहेकी उनकी आमा छमी घर्तीले बताइन् । पुनम यसअघि पनि पाँच महिना सम्पर्कविहीन भएर बुटवलमा फेला परेकी थिइन् । चितवनमा पछिल्लो २ साता यता सुजिता भण्डारी, बिना सापकोटा लगायतका किशोरीहरु बेपत्ता बने । जसमध्ये सुजिताको श व फेला परेको छ भने बिना अहिलेसम्म सम्र्पकविहिन छिन् ।