सिनेमा छनौट गर्न पाउनु कलाकारको आफ्नो अधिकार समेत हो । आफुलाई मन नपरेको चलचित्र सजिलै अस्विकार गर्न पनि पाईन्छ । बिशेष गरेर बलिउडमा कलाकारहरुले स्क्रिप्ट, आफ्नो भुमीका, ब्यानर , पारश्रमिक तथा लगानी समेत हेर्ने गर्छन् ।
तर हंगामा २ मा तीन तीन जना नायकले चलचित्र अस्विकार गरे । स्क्रिप्ट नराम्रो भएर पनि हैन, आफ्नो भुमीकालाई लिएर पनि हैन । आखिर कारण एउटै थियो यस फिल्मका निर्देशक आउटडेटेड भएकोले फिल्म नै अस्विकार गरे ।
चलचित्र हंगामाको सिक्वेलमा बन्दै गरेको चलचित्र ‘हंगामा २’ मा तीन जना अभिनेताले अभिनय गर्न नमानेको भारतीय मिडियाले खुलासा गरेका छन्। यस चलचित्रमा कार्तिक आर्यन, आयुष्मान खुराना र सिद्धार्थ मलहोत्राले अभिनय गर्न नमानेका हुन्। यस चलचित्रलाई प्रियदर्शनले निर्देशन गर्दैछन् ।
उनका अनुसार आफु आउटडेटेड भएको मान्यता भएकाले तिनै जनाले चलचित्रमा अभिनय गर्न नमानेका हुन् । अक्सर गरेर यसरी रिजेक्सनमा परेका फिल्महरुले बक्स अफिसमा राम्रै कमाई गरेका छन् ।