झापामा आज फेरी १६५ जनामा कोरोना संक्रमण, दमकमा मात्रै ७७ जनालाई देखियो कोरोना — OSNepal

झापामा आज फेरी १६५ जनामा कोरोना संक्रमण, दमकमा मात्रै ७७ जनालाई देखियो कोरोना

LC (KTM) July 07, 2021 0

प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ । प्रदेश १ मा आज ४४३ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २–२, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ७७, विर्तामोडमा २३, मेचीनगरमा १६, शिवसताक्षीमा १०, अर्जुनधारा र भद्रपुरमा ८–८, कनकाईमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, गौरादहमा ३, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, इनरुवामा २, भोक्राहानरसिंह र दुहवीमा १–१, स्थानीय तह नखुलेका ९, मोरङको विराटनगरमा ५७, लेटाङमा २३, बेलबारीमा १७, पथरीशनिश्चरेमा १०, बुढीगंगामा ४, उर्लाबारीमा ३, सुन्दरहरैचा, कटहरी र स्थानीय तह नखुलेका २–२, कानेपोखरीमा १ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ११, महालक्ष्मीमा ३, छथरमा १ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ४, स्थानीय तह नखुलेका १, उदयपुरमा २, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको छ । प्रदेश १ मा आज १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१७ महिला र २२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर